Oct 9, 2013

सहयोगको लागि धेरै धेरै धन्यवाद


आज एका विहानै देखि कुनै न कुनै कुरामा यो मन खुसी भैरहेको छ । अफिसमा पनि हाँसो, रमाईलो हुँदै खुसी साथ दिन साँझ तर्फ कोल्टे फेर्दै थियो । जव अफिस टाईफ अफ हुने समय भयो तवे भाईले आजको दिन मृगौला पिडित चन्द्रबहादुर पुन मगरको डिस्चार्ज हो भनेको कुराको झट्ट याद आयोे । उनकी आमाको हिजो नै डिस्चार्ज भएको कुरा पनि थाहा थियो । मनमा कौतुहोलता जागेर आयो अनि मोवाईलमा नम्बर डायल गरे फोन लागेन । अनि सोचे पक्का पनि उनीहरु सुन्धारामा रहेको न्यू जनप्रिय गेष्ट हाउसमा हुनु पर्छ अनि टेम्पो चढेर हतार हतार त्यही पुगेँ । 
म उक्त होटलको रुममा पुग्दा पुन, उनकी आमा, श्रीमती र बच्चा एउटा कोठामा बसीरहनुभएको थियो भने बुवा चै अर्को कोठामा पल्टिरहनुभएको थियो । म झट्ट चन्द्र भएको कोठातीर हानिए, साथमा साथी तिलक पनि थिए । मेरो आँखा सबैभन्दा पहिले चन्द्रको मुहारमा गयो र खुसी हुँदै भने तपाईलाई ठीक छ? खुसीले सिमा नाँघिसकेको थियो । अनि अँगालो हालेर पुन बसेकै पलङ्गमा बस्न पुँगेछु, उनकी श्रीमती रिताले एल्.वि.सर विरामी नजिक बस्नु हुँदैन तब झल्यास्स भएँ र ए हो मलाई त थाहा नै थिएन भनी अर्को पलङ्गमा गएर बसेँ । पुनको त्यो हँसिलो मुद्राले साह्रै खुसीको भाव व्यक्त गरेको प्रष्ट हुन्थ्यो । र उनी हौँसीदै भने एल.वि. सर तपाई त काठमाण्डौं मै हुनुहुन्छ भेट छैन, के गर्नु काठमाण्डौंमा बस्ने प्रायः मानिससँग भेटघाटको समय कमै हुन्छ, चाहाँदा–चाहाँदै पनि समयले साथ दिदैंन, कता के कम हुन्छ कता के हुन्छ आखिर साथीभाई र इष्टमित्रको लागि टाईम मिलाउन कठिनै पर्दोरहेछ मैले भने । अनि उनले थप्दै भने मलाई बचाउन सहयोग गर्ने सबै मित्रहरुलाई मैले एकपटक म्यासेज गर्न चाहान्छु, मैले भने ठीकै छ म सबैलाई खबर गर्छु । उनको अनुसार दुवै मृगौलाले काम नगर्दा आर्थिक अभावमा मृत्यू र जीवनको दोषाधमा परेकाबेला सहयोग जुटाइ पुनर्जीवन प्रदान गर्नको लागि अहम भूमीका निर्वाह गरेका सम्पूर्ण सहयोगदातालाई स–हृदय धन्यवादका सम्पूर्ण शब्दहरु अर्पण गर्न चाहेका छन् ।
केहीबेरको भलाकुसारीबाट थाहा भयो की उनलाई अहिलेसम्म ठीक छ र उनीकी प्राणप्यारी तथा ममतामयी आमा जसले जन्म, पालन पोषण मात्र नभई पुनर्जन्मको लागि एउटा मृगौला पनि दिनुभएको छ उहाँलाई पनि ठीकै छ । तर आमाको अनुहारमा कता कता नरमाईलो र गम्भरी मुद्रा देखिन्थ्यो । पुनले भन्दैथिए भोली डा. ले बोलाउनु भएको छ फलोअपको लागि अब तीन–तीन दिन, हप्ता–हप्ता, महिना–महिना हुँदै वर्ष वर्षमा चेक गराउनु पर्छ रे । दाजुभाई, आफन्त, छिमेकी तथा  नचिनेका नेपाली  कैया दाजुभाईहरुले उनको लागि सहयोग जुटाई उपचारमा सहजता ल्याईदिएँ । जसको प्रसंशा जतिसुकै गरे पनि पुग्दैन । पेशाले ड्राईभर नीज विरामी केही समयको लागि काम गर्न सक्दैनन् । उनलाई अझै केही समय काठमाण्डौंमै बसेर समय–समयमा चिकित्सकको फलोअपक गर्नुपर्ने अवस्था छ । 
पुनको सहयोगको लागि मैले पनि सहयोगको लागि याचना भन्ने शिर्षकमा एउटा ब्लग पोष्ट गरेर फेसबुक तथा ट्वीटरमार्फत शेयर गरेको थिएँ । उक्त लिंकलाई सयौं मित्रहरुले शेयर गरेर सहयोग गरिदिनुभयो । त्यसको केही समय पछि घर हंसपुर–४, अर्घाखाँची भई हाल दुबईमा रहेका गुन्ज बहादुर बस्नेत ज्यू (नाताले दाई), फेसबुककै च्याटबाट मेरो फोन माग्नुभयो र रु. ५०००÷– सहयोग गर्नुभयो र मैले सोंचे एउटा ब्लग पोष्टले ५ मिनेटमै ५ हजार जुट्यो भने अरु पनि केही जुटाउन सकिन्छ । त्यस्तै १ घण्टा पछि म अफिसबाट बाट रुमतीर जाँदै गर्दा महेन्द्र बहादुर राउत ज्यू (उहाँ पनि नाताले दाजू, घर हंसपुर ४, अर्घाखाँची भई कर्मको दौरानमा हाल साऊदीमा हुनुहुन्छ) को फोन आयो । उहाँले पनि मेरो नं. गुञ्ज दाईबाट माग्नुभएको रहेछ । उहाँ फोनमा भन्दै हुनुहुन्थ्यो ठीक छ मैले मेरो तर्फबाट ५ हजार र बाँकी जति सक्छु उठाँउँछु, मेरो खुसी झन बढ्दै गयो र धन्यवाद व्यक्त गर्दै रुममा पुगे । त्यस्को केही दिनमा मैले मेरो क्याम्पसमा सँगै पढ्ने घनिष्ट साथीहरुलाई म्यासेज गरें । अनि गुन्जदाईको online  news मा notice राख्नुप¥यो भन्ने आग्रहमा www.arghakhanchi.com, www.arghakhanchionline.com र www.gulmijilla.com मा सहयोगको सूचना प्रकाशीत गरियो । यी पत्रिकामा सूचना राखिदिने सबै पत्रिका र सूचना राख्न सहयोग गर्नुहुने विनोद गैरे, कृष्ण सुनार, शिव वर्मा लगायत सबैलाई धन्यवाद दिन चाहान्छु । 
मैले साथीहरुलाई म्यासेज गरेको केही दिन पछि साथी तिलक गैरेले २ हजार, शिवहरी पौडेलले १ हजार सहयोग गरे , उनीहरु अर्घाखाँची घर भई हाल शंकरदेव क्याम्पस, काठमाण्डौंमा एम्.वि.एस्. दोश्रो वर्षमा अध्ययनरत छन् । त्यस्तै शंकरदेव क्याम्पस, काठमाण्डौंमा एम्.वि.एस्. दोश्रो वर्षमा अध्ययनरत साथीहरु  नानु रोका (गोरखा), प्रतिक्षा के.सी.(गोरखा), उमा थापा (जनकपुर) र ईशा भट्टराई (झापा) बाट प्रत्येकले ५ सय रुपैंयाँ सहयोग गरे । त्यस्तै बाबुराम  गैरे (अर्घाखाँची) र गोविन्द ढुङ्गाना (अर्घाखाँची) बाट समेत १५० र १०० सहयोग जम्मा भयो । त्यस्को केही समय पछि साउदीबाट महेन्द्र राउत दाजुबाट आफ्नो ५ हजार र अन्यबाट ७ हजार जम्मा गरी १२ हजार रकम पठाईदिनु भयो । सबैबाट संकलित रकम मैले भाई कमल मार्फत नीज पुनलाई हस्तान्तरण गरेको थिएँ । 
अलिहको समयमा सूचनाको लागि प्रख्यात सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा धेरै भन्दा धेरै शेयर भए जसले  सहयोग जुट्याउन उल्लेखय भूमीका निर्वाह ग¥यो । फलस्वरुप लक्ष्यमा पुग्न सजिलो भयो । मलाई सबैभन्दा खुसी लागेको कुरा त यी सहयोग दाता मध्ये एक जनाले पनि नीज विरामीलाई चिन्नुहुन्न ।  रु.२२२५०÷– (बाईस हजार दुई सय पँचास) जुटाउन यी फेसबुक र ट्वीटरले अग्रणी भूमीका निर्वाह ग¥यो ।
यसरी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णलाई नै सहृदय धन्यवाद प्रकट गर्दछु । यसरी नै सधैभरी सहकार्य गरी प्रत्येक कामलाई सफलताको शिखर चुम्न सकियोस भनी सुवेच्छा समेत प्रकट गर्दछु । 
धन्यवाद
२०७०÷०६÷२२ गते राती १० बजे

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।