May 1, 2012

वि.सं. २०६८ मा मेरो अनुभव



वि.सं. २०६८ साल मेरो लागि केही खुसी, केही दुःखी, केही उत्साह, जोस र जागरका साथ , धेरै साथीहरुसँगको सफल र दीर्घकालिन सम्बन्धको मिश्रित रह्यो । केही आत्मीय साथी तथा केही आफन्तजनहरुलाई कहिल्यै नभेटीने गरी गुमाउनुप¥यो जसले मुटु नै छियाँ छियाँ भयो । त्यस्तै परिवारमा नयाँ पालुवाका रुपमा नयाँ सदस्य थपियो भने केही आफन्तहरुले नयाँ पारिवारिक सम्बन्ध गाँसेकोले नयाँ आफन्तजनहरुसँग साईनो गाँसिई रमाईलो वातावरणको पैदा ग¥यो । 

खुसी हुदैँछ मेरो मन पनिः



आज मलाई खुसी लाग्यो, साह्रै खुसी, कारणः अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा अवस्थित भगवति मा.वि., शंखेटारीबाट वि.स. २०६१ सालमा एस्.एल्.सी परीक्षा दिएर विभिन्न समयमा काठमाण्डौंमा भित्रिएका साथीहरुको भेटघाट कार्यक्रम थियो । मैले पनि सन्धिखर्ककै जनज्योति मा.वि.बाट २०६१ सालमै एस्.एल्.सी. परीक्षा दिएको र प्रायः साथिहरु चिनेजानेकाले उपस्थित हुने सौभाग्य पाएँ ।