Oct 9, 2013

सहयोगको लागि धेरै धेरै धन्यवाद


आज एका विहानै देखि कुनै न कुनै कुरामा यो मन खुसी भैरहेको छ । अफिसमा पनि हाँसो, रमाईलो हुँदै खुसी साथ दिन साँझ तर्फ कोल्टे फेर्दै थियो । जव अफिस टाईफ अफ हुने समय भयो तवे भाईले आजको दिन मृगौला पिडित चन्द्रबहादुर पुन मगरको डिस्चार्ज हो भनेको कुराको झट्ट याद आयोे । उनकी आमाको हिजो नै डिस्चार्ज भएको कुरा पनि थाहा थियो । मनमा कौतुहोलता जागेर आयो अनि मोवाईलमा नम्बर डायल गरे फोन लागेन । अनि सोचे पक्का पनि उनीहरु सुन्धारामा रहेको न्यू जनप्रिय गेष्ट हाउसमा हुनु पर्छ अनि टेम्पो चढेर हतार हतार त्यही पुगेँ । 
म उक्त होटलको रुममा पुग्दा पुन, उनकी आमा, श्रीमती र बच्चा एउटा कोठामा बसीरहनुभएको थियो भने बुवा चै अर्को कोठामा पल्टिरहनुभएको थियो । म झट्ट चन्द्र भएको कोठातीर हानिए, साथमा साथी तिलक पनि थिए । मेरो आँखा सबैभन्दा पहिले चन्द्रको मुहारमा गयो र खुसी हुँदै भने तपाईलाई ठीक छ? खुसीले सिमा नाँघिसकेको थियो । अनि अँगालो हालेर पुन बसेकै पलङ्गमा बस्न पुँगेछु, उनकी श्रीमती रिताले एल्.वि.सर विरामी नजिक बस्नु हुँदैन तब झल्यास्स भएँ र ए हो मलाई त थाहा नै थिएन भनी अर्को पलङ्गमा गएर बसेँ । पुनको त्यो हँसिलो मुद्राले साह्रै खुसीको भाव व्यक्त गरेको प्रष्ट हुन्थ्यो । र उनी हौँसीदै भने एल.वि. सर तपाई त काठमाण्डौं मै हुनुहुन्छ भेट छैन, के गर्नु काठमाण्डौंमा बस्ने प्रायः मानिससँग भेटघाटको समय कमै हुन्छ, चाहाँदा–चाहाँदै पनि समयले साथ दिदैंन, कता के कम हुन्छ कता के हुन्छ आखिर साथीभाई र इष्टमित्रको लागि टाईम मिलाउन कठिनै पर्दोरहेछ मैले भने । अनि उनले थप्दै भने मलाई बचाउन सहयोग गर्ने सबै मित्रहरुलाई मैले एकपटक म्यासेज गर्न चाहान्छु, मैले भने ठीकै छ म सबैलाई खबर गर्छु । उनको अनुसार दुवै मृगौलाले काम नगर्दा आर्थिक अभावमा मृत्यू र जीवनको दोषाधमा परेकाबेला सहयोग जुटाइ पुनर्जीवन प्रदान गर्नको लागि अहम भूमीका निर्वाह गरेका सम्पूर्ण सहयोगदातालाई स–हृदय धन्यवादका सम्पूर्ण शब्दहरु अर्पण गर्न चाहेका छन् ।
केहीबेरको भलाकुसारीबाट थाहा भयो की उनलाई अहिलेसम्म ठीक छ र उनीकी प्राणप्यारी तथा ममतामयी आमा जसले जन्म, पालन पोषण मात्र नभई पुनर्जन्मको लागि एउटा मृगौला पनि दिनुभएको छ उहाँलाई पनि ठीकै छ । तर आमाको अनुहारमा कता कता नरमाईलो र गम्भरी मुद्रा देखिन्थ्यो । पुनले भन्दैथिए भोली डा. ले बोलाउनु भएको छ फलोअपको लागि अब तीन–तीन दिन, हप्ता–हप्ता, महिना–महिना हुँदै वर्ष वर्षमा चेक गराउनु पर्छ रे । दाजुभाई, आफन्त, छिमेकी तथा  नचिनेका नेपाली  कैया दाजुभाईहरुले उनको लागि सहयोग जुटाई उपचारमा सहजता ल्याईदिएँ । जसको प्रसंशा जतिसुकै गरे पनि पुग्दैन । पेशाले ड्राईभर नीज विरामी केही समयको लागि काम गर्न सक्दैनन् । उनलाई अझै केही समय काठमाण्डौंमै बसेर समय–समयमा चिकित्सकको फलोअपक गर्नुपर्ने अवस्था छ । 
पुनको सहयोगको लागि मैले पनि सहयोगको लागि याचना भन्ने शिर्षकमा एउटा ब्लग पोष्ट गरेर फेसबुक तथा ट्वीटरमार्फत शेयर गरेको थिएँ । उक्त लिंकलाई सयौं मित्रहरुले शेयर गरेर सहयोग गरिदिनुभयो । त्यसको केही समय पछि घर हंसपुर–४, अर्घाखाँची भई हाल दुबईमा रहेका गुन्ज बहादुर बस्नेत ज्यू (नाताले दाई), फेसबुककै च्याटबाट मेरो फोन माग्नुभयो र रु. ५०००÷– सहयोग गर्नुभयो र मैले सोंचे एउटा ब्लग पोष्टले ५ मिनेटमै ५ हजार जुट्यो भने अरु पनि केही जुटाउन सकिन्छ । त्यस्तै १ घण्टा पछि म अफिसबाट बाट रुमतीर जाँदै गर्दा महेन्द्र बहादुर राउत ज्यू (उहाँ पनि नाताले दाजू, घर हंसपुर ४, अर्घाखाँची भई कर्मको दौरानमा हाल साऊदीमा हुनुहुन्छ) को फोन आयो । उहाँले पनि मेरो नं. गुञ्ज दाईबाट माग्नुभएको रहेछ । उहाँ फोनमा भन्दै हुनुहुन्थ्यो ठीक छ मैले मेरो तर्फबाट ५ हजार र बाँकी जति सक्छु उठाँउँछु, मेरो खुसी झन बढ्दै गयो र धन्यवाद व्यक्त गर्दै रुममा पुगे । त्यस्को केही दिनमा मैले मेरो क्याम्पसमा सँगै पढ्ने घनिष्ट साथीहरुलाई म्यासेज गरें । अनि गुन्जदाईको online  news मा notice राख्नुप¥यो भन्ने आग्रहमा www.arghakhanchi.com, www.arghakhanchionline.com र www.gulmijilla.com मा सहयोगको सूचना प्रकाशीत गरियो । यी पत्रिकामा सूचना राखिदिने सबै पत्रिका र सूचना राख्न सहयोग गर्नुहुने विनोद गैरे, कृष्ण सुनार, शिव वर्मा लगायत सबैलाई धन्यवाद दिन चाहान्छु । 
मैले साथीहरुलाई म्यासेज गरेको केही दिन पछि साथी तिलक गैरेले २ हजार, शिवहरी पौडेलले १ हजार सहयोग गरे , उनीहरु अर्घाखाँची घर भई हाल शंकरदेव क्याम्पस, काठमाण्डौंमा एम्.वि.एस्. दोश्रो वर्षमा अध्ययनरत छन् । त्यस्तै शंकरदेव क्याम्पस, काठमाण्डौंमा एम्.वि.एस्. दोश्रो वर्षमा अध्ययनरत साथीहरु  नानु रोका (गोरखा), प्रतिक्षा के.सी.(गोरखा), उमा थापा (जनकपुर) र ईशा भट्टराई (झापा) बाट प्रत्येकले ५ सय रुपैंयाँ सहयोग गरे । त्यस्तै बाबुराम  गैरे (अर्घाखाँची) र गोविन्द ढुङ्गाना (अर्घाखाँची) बाट समेत १५० र १०० सहयोग जम्मा भयो । त्यस्को केही समय पछि साउदीबाट महेन्द्र राउत दाजुबाट आफ्नो ५ हजार र अन्यबाट ७ हजार जम्मा गरी १२ हजार रकम पठाईदिनु भयो । सबैबाट संकलित रकम मैले भाई कमल मार्फत नीज पुनलाई हस्तान्तरण गरेको थिएँ । 
अलिहको समयमा सूचनाको लागि प्रख्यात सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा धेरै भन्दा धेरै शेयर भए जसले  सहयोग जुट्याउन उल्लेखय भूमीका निर्वाह ग¥यो । फलस्वरुप लक्ष्यमा पुग्न सजिलो भयो । मलाई सबैभन्दा खुसी लागेको कुरा त यी सहयोग दाता मध्ये एक जनाले पनि नीज विरामीलाई चिन्नुहुन्न ।  रु.२२२५०÷– (बाईस हजार दुई सय पँचास) जुटाउन यी फेसबुक र ट्वीटरले अग्रणी भूमीका निर्वाह ग¥यो ।
यसरी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णलाई नै सहृदय धन्यवाद प्रकट गर्दछु । यसरी नै सधैभरी सहकार्य गरी प्रत्येक कामलाई सफलताको शिखर चुम्न सकियोस भनी सुवेच्छा समेत प्रकट गर्दछु । 
धन्यवाद
२०७०÷०६÷२२ गते राती १० बजे

Aug 13, 2013

सहयोगको याचना


भनिन्छ ऋण लागोस् तर दीन नलागोस् । तर के गर्नु दीनले धनी, गरीव, वालक, युवा, तन्नेरी, वृद्ध केही भन्दोरहेनछ । जव मानिस दुई छाक जोहो गर्नको लागि रात दिन काममा खटिरहेको हुन्छ तव खतरा मानिएका ठूला रोगहरुले मानिसलाई गाँजो गाड्दछ भने अवस्था के होला? यस्तै नियती भोग्नु परेको छ अर्घाखाँची जिल्ला सिद्धारा गा.वि.स. वडा नं. ५ का चन्द्रबहादुर पुन मगरले ।

मृगौला पिडीत चन्द्र बहादुर पुन

 पेशाले गाडी ड्राईभर पुनका अहिले दुवै मृगौलाले काम गर्दैनन् । बल्ल २४ वर्षको कल्कलाउदो उमेरमा प्रवेश गरेका चन्द्रबहादुरका घरमा आमा, वुवा, भाई, श्रीमति र एक छोरी हुनुहुन्छ । ३ वर्ष अघि विहे गरेका चन्द्रको छोरीको उमेर बल्ल २ भयो । घर परिवार चलाउनको लागि ७ वर्ष अघि (जुन बेला उनी १७ वर्षका थिए) देखि नै देउराली यातायात व्यवयायी संघको जीपमा सहायक चालकको कामगर्न सुरु गरेका पुन हाल सोही यातायातको लु.१ ज. २०८७ को जीपका चालक थिए ।  जब उनी बिरामी परेर जिल्लाबाट त्रि.वि. शिक्षण अस्पतालमा रिफर भए, केही दिनको परीक्षण पश्चात उनको रिपोर्टबाट पत्ता लाग्यो की उनका दुवै मृगौला काम नलाग्ने अवस्थामा पुगीकेछन् । जिल्लाको सदरमुकाम सन्धिखर्क–६, ईशाराटोलमा भाडामा बस्दै आएका उनीसँग कत्ति पनि पैसा छैन । उनका लागि मृगौला बुवा वा आमा मध्ये कसैको प्रत्यारोपण गर्ने निश्चित भयो तर डायलोशिस र औषधीको लागि आवश्यक पर्ने करिव ८ लाख रुपैँया जुटाउन त्यति सजिलो भएन । यही पिडाले उनी र घर परिवारका आँखा ओभाना छैनन् । आर्थिक अभावकै कारण जीन्दगीको सबैभन्दा पिडादायिक क्षणमा थला परेका पुनलाई तपाई हाम्रो सहयोगको अत्यन्तै खाँचो रहेको छ । थोपा थोपा मिलेर समुन्द्र बनेझैं १००÷५० रुपैंयाँले ८÷१० लाख पु¥याउन धेरै समय नलाग्ला, जव हामीहरुको मनबाट आफू सग्दो सहयोगको भावना पैदा हुन्छ । यो क्षण जो कोहीलाई जहिले पनि हुन नकस्ला भन्न सकिदैन, तसर्थ कृपया आफू सक्दो सहयोगको लागि मैले यही ब्लगबाट सम्पूर्ण दिल्दार महानुभावलाई हार्दिक अपिल गर्दछु । सहयोगको लागि सम्पर्क नं. निज विरामी चन्द्रबहादुर पुन फोन नं. ९८४७३१२५०१, विरामीको लागि सहयोगमा अहोरात्र खटिरहनुभएका माधव प्रसाद पौडेल फोन नं. ९८५७०६३३३०, तथा काठमाण्डौंमा म एल्.वि. थापा फोन नं. ९८४७१०७९४७ लाई सम्पर्क गर्नसक्नुहुनेछ । त्यस्तै विरामीकी श्रीमति रिता टण्डन (पुन) को मेगा बैंक नेपाल, सन्धिखर्क शाखामा रहेको खाता नं.००४००५००२९९२१ मा समेत सिधैं जम्मा गर्नसक्नुहुनेछ । तपाईहरुद्धारा प्राप्त रकमलाई पारदर्सीढङ्गले सङ्कलन गरी यही ब्लगबाटै जानकारी गराउने छु । 

पूण्य कमाउन काँसी जानु पर्दैन, दुःखको समयमा सानो सहयोग गरे पुग्दछ ।
धन्यवाद ।

Jul 29, 2013

भूत लखेट्ने पेशा

बाँच्नका लागि पैसा चाहिन्छ, पैसा कमाउनको लागि केही काम गर्नुपर्दछ । सानो–सानोमा विद्या भन्दा धन भन्दा अनेकौं प्रमाणहरुको आधारमा विद्या ठूलो भन्ने गरिन्थ्यो विशेष गरी स्कूल पढ्दा । धन र विद्याको शिर्षकमा कैंयौ पटक वाद विवाद लेखियो, भनियो र सुनियो । सानोका त्यी दिनहरुमा धनको खासै अर्थ बुझिएको थिएन होला र विद्याको पनि । जसले जे भने पनि व्यवहारमा यी दुवैको उत्तिकै महत्व देखिन्छ । जसलाई पुष्टी गर्नको  मैले एउटा गज्जवको पेशालाई लिएको छु । हामीहरुले सुनेका, देखेका र भोगेका पेशा मध्ये केही पृथक पेशाको बारेमा यही मेरो ब्लग मार्फत सबैलाई जानकारी दिन मन लाग्यो ।

Jul 8, 2013

१० वर्षदेखिको कोठे जीन्दगी


आफ्नो घर छाडेर अर्कैको घरा कोठा भाडामा लिई बस्न लागेको ९ वर्ष पुगीसकेछ । घर हंसपुर–४, मेहेलपानी गाऊँबाट जिल्ला सदरमुकाम सन्धिखर्कमा कक्षा दशमा पढ्दाको पहिलो डेरा सजिलै पाइएको थियो । हुनतः त्यतिबेला द्धन्द्धको समयमा भएकोले हुनसक्छ सन्धिखर्कमा कोठा भाडा सजिलै पाइने गर्दथ्यो र घरभाडा पनि खासै महङ्गो थिएन । कक्षा दशमा तत्कालिन जनज्योति मा.वि. चुत्रावेशीमा पढ्न भनी लिला दाईले प्रक्रिया अगाडी बढाइदिएपछि केही दिन उहाँहरुकै घरमा बसियो र उहाँहरुले ईशारा टोल नजिकै गुन्टेखोलाबाट पाणिनि क्याम्पस र सन्धिखर्क जाने बाटोको चोक छेवैमा सालिकराम सरको घरमा कोठा भाडामा खोजिदिनुभयो । किरण भाऊजु, आशिष, याशोदा लगायतका आफन्तहरुले कोठाको लागि आवश्यक पर्ने सर–सामानको चाजो पाजो मिलाइदिनुभयो । त्यस बखत कोठामा म र राजु राउत जो जनज्योति मा.वि. मै कक्षा ९ मा पढ्नको लागि उही गाऊँबाटै आएको थियो । त्यस दिन सन्धिखर्कका मेरा अभिभावक उँहाहरु (लिला दाजु र किरण भाउजु) हुनुहुन्थ्यो । उँहाहरु लगायत अन्य आफन्तहरुले सामान किनिदिएर कोठा मिलाईदिनुभयो र आ–आफ्नो घर तथा कोठामा जानुभयो । केही दिनदेखी दाजु, भाउजुसँग बसीरहेको म अबदेखी राजुसँग बस्ने भएँ । त्यस दिन रात प¥यो खाना पकाउने समय भयो । भात पकाउनको लागि चामल कुक्करमा राखेर स्टोभ घोच्न लाग्यौं तर अवशोच सलाई नै किन्न बिर्सिएछौं । संकटकालको समयमा रातमा बाहिर निस्कने त आँट नै आउँदैनथ्यो न त त्यतिबेला सञ्चारको प्रयाप्त सहुलियत । त्यतिमात्र होइन त्यस घरमा धेरै रहेका कोठाहरुमध्ये हामी बस्ने कोठा मात्र प्याक अरु सबै खाली । त्यस दिन हामी खाना नखाई सुत्यौं । यसरी सुरु भएको कोठे जीवन । सन्धिखर्कमा करिव ७ वर्ष बिताईयो मात्र तीन वटा घरमा । सन्धिखर्कमा कोठा पाउन समस्या नहुने र पानी, विद्युतको प्रयाप्तताले गर्दा घर बस्नु र त्यँहा बस्नुको खाजै अन्तर पाइदैनथ्यो ।