Jul 29, 2013

भूत लखेट्ने पेशा

बाँच्नका लागि पैसा चाहिन्छ, पैसा कमाउनको लागि केही काम गर्नुपर्दछ । सानो–सानोमा विद्या भन्दा धन भन्दा अनेकौं प्रमाणहरुको आधारमा विद्या ठूलो भन्ने गरिन्थ्यो विशेष गरी स्कूल पढ्दा । धन र विद्याको शिर्षकमा कैंयौ पटक वाद विवाद लेखियो, भनियो र सुनियो । सानोका त्यी दिनहरुमा धनको खासै अर्थ बुझिएको थिएन होला र विद्याको पनि । जसले जे भने पनि व्यवहारमा यी दुवैको उत्तिकै महत्व देखिन्छ । जसलाई पुष्टी गर्नको  मैले एउटा गज्जवको पेशालाई लिएको छु । हामीहरुले सुनेका, देखेका र भोगेका पेशा मध्ये केही पृथक पेशाको बारेमा यही मेरो ब्लग मार्फत सबैलाई जानकारी दिन मन लाग्यो ।

Jul 8, 2013

१० वर्षदेखिको कोठे जीन्दगी


आफ्नो घर छाडेर अर्कैको घरा कोठा भाडामा लिई बस्न लागेको ९ वर्ष पुगीसकेछ । घर हंसपुर–४, मेहेलपानी गाऊँबाट जिल्ला सदरमुकाम सन्धिखर्कमा कक्षा दशमा पढ्दाको पहिलो डेरा सजिलै पाइएको थियो । हुनतः त्यतिबेला द्धन्द्धको समयमा भएकोले हुनसक्छ सन्धिखर्कमा कोठा भाडा सजिलै पाइने गर्दथ्यो र घरभाडा पनि खासै महङ्गो थिएन । कक्षा दशमा तत्कालिन जनज्योति मा.वि. चुत्रावेशीमा पढ्न भनी लिला दाईले प्रक्रिया अगाडी बढाइदिएपछि केही दिन उहाँहरुकै घरमा बसियो र उहाँहरुले ईशारा टोल नजिकै गुन्टेखोलाबाट पाणिनि क्याम्पस र सन्धिखर्क जाने बाटोको चोक छेवैमा सालिकराम सरको घरमा कोठा भाडामा खोजिदिनुभयो । किरण भाऊजु, आशिष, याशोदा लगायतका आफन्तहरुले कोठाको लागि आवश्यक पर्ने सर–सामानको चाजो पाजो मिलाइदिनुभयो । त्यस बखत कोठामा म र राजु राउत जो जनज्योति मा.वि. मै कक्षा ९ मा पढ्नको लागि उही गाऊँबाटै आएको थियो । त्यस दिन सन्धिखर्कका मेरा अभिभावक उँहाहरु (लिला दाजु र किरण भाउजु) हुनुहुन्थ्यो । उँहाहरु लगायत अन्य आफन्तहरुले सामान किनिदिएर कोठा मिलाईदिनुभयो र आ–आफ्नो घर तथा कोठामा जानुभयो । केही दिनदेखी दाजु, भाउजुसँग बसीरहेको म अबदेखी राजुसँग बस्ने भएँ । त्यस दिन रात प¥यो खाना पकाउने समय भयो । भात पकाउनको लागि चामल कुक्करमा राखेर स्टोभ घोच्न लाग्यौं तर अवशोच सलाई नै किन्न बिर्सिएछौं । संकटकालको समयमा रातमा बाहिर निस्कने त आँट नै आउँदैनथ्यो न त त्यतिबेला सञ्चारको प्रयाप्त सहुलियत । त्यतिमात्र होइन त्यस घरमा धेरै रहेका कोठाहरुमध्ये हामी बस्ने कोठा मात्र प्याक अरु सबै खाली । त्यस दिन हामी खाना नखाई सुत्यौं । यसरी सुरु भएको कोठे जीवन । सन्धिखर्कमा करिव ७ वर्ष बिताईयो मात्र तीन वटा घरमा । सन्धिखर्कमा कोठा पाउन समस्या नहुने र पानी, विद्युतको प्रयाप्तताले गर्दा घर बस्नु र त्यँहा बस्नुको खाजै अन्तर पाइदैनथ्यो ।