Dec 8, 2010

कविता

जब म नजिक पर्छु टाढा भाग्ने गर्छौ तिमी
कञ्जुस गर्छौ तिमी किन मिठो मुस्कान दिन


भेट्न मन लाग्छ तिमीलाई बाटो काटी नहिड्नु
कुराकानी गर्दा के नै होलार एकैछिन

जब म नजिक पर्छु भाग्छौ तिमी टाढा टाढा
तिमीलाई नदेख्दा त शून्य लाग्छ डाँडाकाँडा

तिमीलाई देख्दा मुटु फुली आऊँछ फेरी
साईनो गाँसी बस्न मन लाग्छ तिमीलाई हेरी

तिम्रो मुहार र मिलेको जिऊ डाल देख्दा
मसि नै सकियो नि तिमीलाई चिठी लेख्दा

फोन नम्बर नै छैन तिमीसँग कुरा गरौ भन्दा
समय नै बितीगयो तिमीलाई चिठी देऊ भन्दा

नत भोक लाग्छ हेर न त निद्रा रातमा
सपना देख्छु तिमीसँगै भाको तिम्रो साथमा

धेरैपटक गुलाब फुल लिई आए तिमीतिर
गुलाब पनि सुकी गयो लाग्छ साह्रै पिर

अब म के गरु लाग्छ साह्रै पिर
अब म के गरु लाग्छ साह्रै पिर

No comments: