Dec 12, 2011

विद्यार्थी आन्दोलनका कारण क्याम्पस प्रशासन ठप्प कर्मचारी घाममा लठ्ठ

सन्धिखर्क, मंसिर २६
अर्घाखाँची जिल्लामा अवस्थित शैक्षिक धरोहरको रुपमा परिचित कक्षा ११ देखि एम्.एड्. सम्म अध्ययन अध्यापन हुने एकमात्र क्याम्पस पाणिनि बहुमुखी क्याम्पस प्रशासनमा तालाबन्दको कारणले प्रशासनिक काम कार्यवाही पूर्ण रुपमा ठप्प भएका छन् ।
क्याम्पसको आर्थिक अवस्था कमजोर भई प्राध्यापक तथा कर्मचारीहरुको तलव भत्ता तथा प्रशासनिक खर्चको जुटाउन गाह्रो भएकोले क्याम्पस प्रशासनद्धारा विद्यार्थीहरुको विभिन्न शुल्कमा वृद्धि गरेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् । क्याम्पससँग आवद्ध विद्यार्थीहरुको सम्पूर्ण संगठनद्धारा क्याम्पस प्रशासनले मनोमानी शुल्क वृद्धि गरेको र त्यसबाट गरिवका छोरा छोरीले पढ्ने अवसरबाट वञ्चित गर्न लागेको भन्दै विभिन्न विरोधका कार्यक्रमहरु सञ्चालन गरिरहेका कारण प्रशासनिक काममा अवरोध आएको हो । मंसिर १३ गते क्याम्पसमा ज्ञापन पत्र बुझाई सुरु भएको विद्यार्थी आन्दोलन १८ गते लेखा शाखाको तालाबन्दी, २१ गते क्याम्पस प्रमुख तथा सहायक प्रमुखको कक्ष र मंसिर २५ गते क्याम्पसको प्रशासन कक्षमा समेत तालाबन्द गरेपछि अहिले क्याम्पसका सम्पूर्ण प्रशासनिक कार्यहरु ठप्प भएका छन् भने अध्ययन अध्यापन भने कुनै वाधा नआएको जनाइएको छ ।  काम नभएको कारण कर्मचारीहरु भने दिनभर घाम ताप्नमा मस्त देखिएका छन् ।

No comments: