May 1, 2012

खुसी हुदैँछ मेरो मन पनिः



आज मलाई खुसी लाग्यो, साह्रै खुसी, कारणः अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा अवस्थित भगवति मा.वि., शंखेटारीबाट वि.स. २०६१ सालमा एस्.एल्.सी परीक्षा दिएर विभिन्न समयमा काठमाण्डौंमा भित्रिएका साथीहरुको भेटघाट कार्यक्रम थियो । मैले पनि सन्धिखर्ककै जनज्योति मा.वि.बाट २०६१ सालमै एस्.एल्.सी. परीक्षा दिएको र प्रायः साथिहरु चिनेजानेकाले उपस्थित हुने सौभाग्य पाएँ ।
तपाईहरुलाई होला पुराना साथीहरुसँगको भेटघाट अनि भोलाकुसारी गर्ने अवसर पाएकोले खुसी भएको तर यथार्थ त्यो होइन । भेटघाट कार्यक्रमको स्थान थियो बालाजुको बाईसधारामा रहेको पार्क । जहाँ हामीहरु प्रायः एउटै व्याचका त्यसमा पनि व्यवस्थापनकै विद्यार्थीहरुको वर्चश्व । साथीहरुसँग हाँसो, रमाईलो गरियो । अनि गफगाफकै क्रममा साथीहरुको इच्छाको कुरा जाहेर हुन थाल्यो । मलाई लागिरहेको थियो, यहाँ केही साथीहरु जागिरे भैसकेका छन्, कोही बैंकर्स, कोही फाइनान्सीयल अनि अरु कोही के मा केमा । हामी मध्ये २, ४ जना चाँही मात्र अध्ययन । र यिनीहरुले पनि बैंक तथा वित्तिय संस्था, इन्स्योरेन्स, वाणिज्य, व्यापार र यस्तै क्षेत्रमा केरियरको कुरा गर्छन होला त्यसमा पनि बजारतीरै बसेर । तर कुरो अर्कै प¥यो, पार्कमा साथीहरुको मुखबाट एउटै कुरा उठ्यो हामीहरु सबै हाम्रो जिल्ला फर्कनु पर्छ अनि कृषि तथा पशुपालनमा लगानी गरी तन, मन अनि धन लगाएर काम गर्नुपर्छ । हाम्रो क्षेत्रमा कृषिको लागि प्रशस्त प्राकृतिक श्रोतहरु छन् हामीहरुले यी सोही क्षेत्रमा नै प्राथमिकता दिनुपर्दछ अनि मैले पनि हो माथि हो थपें । साझतीर कोठामा फर्कियो अनि मैले क्यामेरामा कैद गरिएका दिउसोँका फोटोहरुले दिनका क्षणहरुको पुनःताजकिकरण गराईरहेका थिए । अनि दिऊँसो गरेको छलफललाई गम्भिर हुँदै सोच्न थाले, भेटघाटमा सबै साथीहरुले स्नातक तह उत्तीर्ण गरी प्रायःले स्नातकोत्तर तह अध्ययनरत थिए । यसरी एजुकेटेड पिपुलको बिल्ला भिरेका साथीहरुले आफ्नै जिल्लामा कृषि प्रणालीलाई अत्याधुनिक प्रविधिको प्रयोग गरी व्यवसायिक रोजकारीको श्रृजना गर्दै आर्थिकोपार्जन गर्ने सोचले मलाई साह्रै प्रफुल्लित तुल्यायो । 
कृषि क्षेत्र हो कृषि क्षेत्र, हाम्रो देशका करिव ६६ प्रतिशत जनताहरु कृषि क्षेत्रमा आधारित छन् तर आधुनिक तथा व्यवसायिक कृषि प्रणाली नअपनाऊँदा आर्थिकरुपमा खासै प्रगति हुन सकेको छैन । हामी युवाहरु प्रत्येक दिन रोजगारीको अवसर खोज्दै विदेशतीर धाउँदै गरेका छौं । देश विकासका लागि महत्वपूर्ण भाग ओगटेको युवा वर्गहरुले विदेशमा पसिना बगाऊँछन् । मैले भन्न खोजेको यो होइन कि विदेशमा गएर काम गर्नुहुदैन् । तर विदेशबाट कमाएको रेमिट तथा सीप र अनुभवलाई आ–आफ्नो गाऊँ तथा क्षेत्रमा प्रयोग गरियो भने राम्रै हुने थियो । 
साथीहरु तिमी,े हामी सबैको सोच त साह्रै उल्लेखनीय छ । त्यसमा पनि हामीहरु स्नातकोत्तरको पढाई सकाएपछि आफ्नै जिल्लामा फर्केर व्यवहारमा उतारी यो सोंचलाई पूरा गर्न सकेको खण्डमा मात्र हाम्रो देश प्रतिको सच्चा योगदान हुनेछ । अनि हाम्रो देशको भूमीले जन्मैदेखी लगाएको गुन र सरकारले कक्षा १ देखि स्नातकोत्तरसम्म गरेको लगानिको केही हिस्सा भएपनि तिर्ने अवसर पूरा हुनेथियो । जसका लागि तपाई हामी सबै युवाहरुले हातमा हातको खाँचो हुन्छ ।

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।