May 1, 2012

वि.सं. २०६८ मा मेरो अनुभव



वि.सं. २०६८ साल मेरो लागि केही खुसी, केही दुःखी, केही उत्साह, जोस र जागरका साथ , धेरै साथीहरुसँगको सफल र दीर्घकालिन सम्बन्धको मिश्रित रह्यो । केही आत्मीय साथी तथा केही आफन्तजनहरुलाई कहिल्यै नभेटीने गरी गुमाउनुप¥यो जसले मुटु नै छियाँ छियाँ भयो । त्यस्तै परिवारमा नयाँ पालुवाका रुपमा नयाँ सदस्य थपियो भने केही आफन्तहरुले नयाँ पारिवारिक सम्बन्ध गाँसेकोले नयाँ आफन्तजनहरुसँग साईनो गाँसिई रमाईलो वातावरणको पैदा ग¥यो । 



औपचारीक शिक्षामा केही सफलता हात पारेता पनि अनौपचारिक शिक्षा या भनौं योजनामा रहेको सूचना तथा प्रविधिको क्षेत्रमा भने खासै हा उपलब्धि हुन सकेन । अध्ययनको क्षेत्रमा घर परिवार, आफन्तजनहरु, गुरुहरु तथा साथीहरुको उल्लेख्य सहयोग, सल्लाह, सुझाव र साथले ठूलो भूमीका निर्वाह ग¥यो । 

पेशा औषतमा राम्रै देखियो तर मैले चाँहेजती र सोचेंको जस्तो उपलब्धि हासिल गरेको पाइन । सहकर्मीहरु कामबाट सन्तोष नै देखिएता पनि मैले मेरो पर्फरमेन्स दिन सकिन । कार्यक्षेत्रमा सबैको सल्ला, सहयोग र सुझाव उल्लेख्य रह्यो जसले कार्यक्षेत्र साह्रै रमाईलो र सन्तोषजनक ठहरियो तर समयको माग भनौ या व्यक्तिगत कारण हाँसी बसी गरेको कार्यक्षेत्रबाट विदाईका हातहरु हल्लाउनु प¥यो जुन मेरो जीन्दगीको अविष्मरणीय क्षण बनेको छ । 

आफन्तजनहरुको आग्रह र सुझावलाई स्वीकार्न नसक्दा मैले तीतो क्षणको अनुभव गर्नुप¥यो जसले अझै पनि छाडेको छैन । त्यस्तै मैले फोनको प्रयोग भनौं, कल, मिसकल तथा एस्.एम्.एस्. को कारण मिस अन्डरस्ट्याण्डीङ्ग हुँदा मैले नकरात्मक तथा नीच व्यक्तिको संज्ञा पाएको अनुभव गरेको छु । जुन दुवै कुरामा मेरो कुनै दोष थिएन, भनिन्छ कहिले काँही नपिएको विष लाग्छ , त्यस्तै अनुभव गरेको छु जुन मात्र मिस अन्डरस्ट्याण्डीङ्ग हो र मैले त्यसको लागि अवसर पाएँमा वास्तविकता बुझाउने प्रयत्न गर्नेछु । र एस्.एम्.स्. को प्रयोग कहिल्यै गर्नेछैन भनी प्रण समेत गरेको छु । 

मैले मेरो जिल्ला तथा गाऊँमा केही सक्ने सहयोग गर्नको लागि सदा सर्वदा तत्पर नै रहेँ । जिल्लाका विभिन्न गाऊँहरुको भ्रमण गरी अनौपचारीक रुपमा भेटघाट कार्यक्रम गरी वित्तिय जनचेतनाको कार्य गर्न पछाडि नहटेजस्तो लाग्छ जसबाट सामाजिक रुपमा घुलमिल हुन र आफ्नो लक्ष्य प्राप्तीको लागि सहयोग मिल्यो । 

वर्षको मध्यबाट मेरो दैनिकीमा एकाएक परिवर्तन आयो । आफ्नो जिल्ला छाडि राजधानिमा अध्ययनसँगै नयाँ–नयाँ साथीहरुसँगको सञ्जाल, आफन्त तथा मान्यजनहरुसँगको सम्बन्ध सुधार गर्दै रमाईलो गर्नमा समय वितेको पत्तै पाइँन । वर्षको अन्त्यको समय पुराना साथीहरुसँग भेटघाट तथा नयाँ कार्य योजना बनाउँदै मा बित्यो । 

वि.सं. २०६८ साललाई विदाईका हातहरु हल्याउँदै नयाँ वर्ष २०६९ लाई स्वागत .........

No comments: