Jul 29, 2013

भूत लखेट्ने पेशा

बाँच्नका लागि पैसा चाहिन्छ, पैसा कमाउनको लागि केही काम गर्नुपर्दछ । सानो–सानोमा विद्या भन्दा धन भन्दा अनेकौं प्रमाणहरुको आधारमा विद्या ठूलो भन्ने गरिन्थ्यो विशेष गरी स्कूल पढ्दा । धन र विद्याको शिर्षकमा कैंयौ पटक वाद विवाद लेखियो, भनियो र सुनियो । सानोका त्यी दिनहरुमा धनको खासै अर्थ बुझिएको थिएन होला र विद्याको पनि । जसले जे भने पनि व्यवहारमा यी दुवैको उत्तिकै महत्व देखिन्छ । जसलाई पुष्टी गर्नको  मैले एउटा गज्जवको पेशालाई लिएको छु । हामीहरुले सुनेका, देखेका र भोगेका पेशा मध्ये केही पृथक पेशाको बारेमा यही मेरो ब्लग मार्फत सबैलाई जानकारी दिन मन लाग्यो ।

 तपाईहरुले कुन कुन पेशाको बारेमा जानकारी पाउनुभएको छ? किसान, प्रशासक, राजनितिज्ञ, नर्स, ड्राईभर, कुक, वेटर, जव रिसर्चर, डाक्टर, पाईलट, इन्जिनीयर, शिक्षक, बैंकर्स, सोसियल ओर्कर, भरिया, ज्यामी, प्रहरी, सेना, पत्रकार, कलकार, व्यापारी । जे जे सुने पनि मैले सुने र देखेका यी यस्तै पेशाहरु हुन् । विहान विस्तारैमा हुँदा बाहिर कागज, बोताल......................, हरीया मकै.............., दशरी आप....................., टमाटर, प्याज, तरकारी............... देखि व्यवहारीक रुपमा देख्दै र भोग्दै आएका अन्य पेशा ।
तर काठमाण्डौंमा पैसा कमाउन त नभनौ ज्यान पाल्न भने मात्र आईडिया भए काफी हुन्छ । यहाँ यस्तो पेशा गर्ने व्यक्तिहरु पनि छन् जसले रातभरी संख बजाएर आफ्नो जीविको पार्जन गर्ने गर्दछन् । तपाईहरुलाई अचम्म लाग्न सक्छ, अचम्म लाग्नु पनि स्वभाविकै हो मैले पनि करिव २ वर्ष अगाडी एक जना साथीले यस्तो पेशाको बारेमा भन्दा अचम्मित भएको थिए तर अहिले प्रत्यक्ष देख्ने र भोग्ने अवसर पाएकोले पत्यार लाग्यो । काठमाण्डौंमा एक युवाले रातीमा शंख फुक्दै गल्ली डुल्छन् र अर्को दिन विहानैबाट प्रत्येक घरको गेट ढक्ढकाउछन् र भन्छन् राती भुत लखेटेको । अचम्मको पेशा भुत लखेटेको रे । कहिले एउटा गल्ली त कहिले अर्को गल्ली  प्रत्येक रात कुनै न कुनै गल्लीमा शंख फुक्दै हिड्यो अनि अर्को विहान घर–घरमा बोरामा चामल भ¥यो, गोजीमा पैशा । काठमाण्डौंका यति धेरै घरहरुबाट यसै गरी खर्च उठाउँदा एक महिनामा एउटा टोलको पालो पर्छ होला तर केही दिनको अन्तरालमा राती शंख फुकेको भन्दै एउटा दाई बोरा लिएर आएँ । अनि हामी बस्ने घर नजिकैको घरको घरबेटी दिदीले भनिन्

घरभेटी दिदीः भाई यहाँ अरु पनि शंख फुक्न आउँछन् हो?
शंख फुक्ने दाईः होईन म मात्र हो अरु कोही आउँदैनन् ।
घरभेटी दिदीः अस्ति एउटा भाई आएका थिए त ,
शंख फुक्ने दाईः खै यहाँ शंख फुक्ने त मैले मात्र गरेको छु ।
अनि अर्की घरकी दिदीले उतैबाट भन्दै थिन् आज राती चै शंख भुकेको हो तर अस्ति त फुकेको होईन त्यत्तिकै को आएर खर्च उठायो ।
म चै रनभुल्लमा परे उनीहरुको कुरा सुनेर । अचम्मको पेशा भुत ”लखेट्ने” त्यसमा पनि शंखै नफुकी खर्च उठाएछन् बाठा दाईले । कस्तो लाग्यो कुन्नी तपाईहरुलाई यो भुत लखेट्ने पोशा?

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।