Jul 8, 2013

१० वर्षदेखिको कोठे जीन्दगी


आफ्नो घर छाडेर अर्कैको घरा कोठा भाडामा लिई बस्न लागेको ९ वर्ष पुगीसकेछ । घर हंसपुर–४, मेहेलपानी गाऊँबाट जिल्ला सदरमुकाम सन्धिखर्कमा कक्षा दशमा पढ्दाको पहिलो डेरा सजिलै पाइएको थियो । हुनतः त्यतिबेला द्धन्द्धको समयमा भएकोले हुनसक्छ सन्धिखर्कमा कोठा भाडा सजिलै पाइने गर्दथ्यो र घरभाडा पनि खासै महङ्गो थिएन । कक्षा दशमा तत्कालिन जनज्योति मा.वि. चुत्रावेशीमा पढ्न भनी लिला दाईले प्रक्रिया अगाडी बढाइदिएपछि केही दिन उहाँहरुकै घरमा बसियो र उहाँहरुले ईशारा टोल नजिकै गुन्टेखोलाबाट पाणिनि क्याम्पस र सन्धिखर्क जाने बाटोको चोक छेवैमा सालिकराम सरको घरमा कोठा भाडामा खोजिदिनुभयो । किरण भाऊजु, आशिष, याशोदा लगायतका आफन्तहरुले कोठाको लागि आवश्यक पर्ने सर–सामानको चाजो पाजो मिलाइदिनुभयो । त्यस बखत कोठामा म र राजु राउत जो जनज्योति मा.वि. मै कक्षा ९ मा पढ्नको लागि उही गाऊँबाटै आएको थियो । त्यस दिन सन्धिखर्कका मेरा अभिभावक उँहाहरु (लिला दाजु र किरण भाउजु) हुनुहुन्थ्यो । उँहाहरु लगायत अन्य आफन्तहरुले सामान किनिदिएर कोठा मिलाईदिनुभयो र आ–आफ्नो घर तथा कोठामा जानुभयो । केही दिनदेखी दाजु, भाउजुसँग बसीरहेको म अबदेखी राजुसँग बस्ने भएँ । त्यस दिन रात प¥यो खाना पकाउने समय भयो । भात पकाउनको लागि चामल कुक्करमा राखेर स्टोभ घोच्न लाग्यौं तर अवशोच सलाई नै किन्न बिर्सिएछौं । संकटकालको समयमा रातमा बाहिर निस्कने त आँट नै आउँदैनथ्यो न त त्यतिबेला सञ्चारको प्रयाप्त सहुलियत । त्यतिमात्र होइन त्यस घरमा धेरै रहेका कोठाहरुमध्ये हामी बस्ने कोठा मात्र प्याक अरु सबै खाली । त्यस दिन हामी खाना नखाई सुत्यौं । यसरी सुरु भएको कोठे जीवन । सन्धिखर्कमा करिव ७ वर्ष बिताईयो मात्र तीन वटा घरमा । सन्धिखर्कमा कोठा पाउन समस्या नहुने र पानी, विद्युतको प्रयाप्तताले गर्दा घर बस्नु र त्यँहा बस्नुको खाजै अन्तर पाइदैनथ्यो ।



कारणवश ७ वर्ष पछि सन्धिखर्क छाडेर काठमाण्डौंमा बस्नुपर्ने परिस्थितीले गर्दा आज भन्दा करिव २ वर्ष अगाडी काठमाण्डौंमा छिरेको कोठाको लागी साह्रै झमेला व्यहोर्नु प¥यो । काठमाण्डौंमा कोठा खोज्दा अनेकौं समस्या भोग्नुपर्ने । एक त कोठा खाली नै नहुने खाली भएता पनि कही केटालाई कोठा नदिने त कहीं विहे गरेका जोडीलाई मात्र कोठा भाडामा दिने रे । काठमाण्डौंमा कोठा खोज्दै भौतारिदाको करिव १ महिनाको समयमा साथी शिवहरीको सहयोगमा अर्घाखाँचीकै साथीहरुले बल्ल तल्ल कोठा खोजिदिए कोटेश्वरको महादेवस्थान मन्दिर नजिकैको घरमा  । कोठा त खोजिदिए तर पानी भने थोपा नि नआऊने । सुरु सुरुमा बस्ने गरी काठमाण्डौंमा प्रवेश गरेको, पानीको कुनै अभाव नै नभोगेको मानिसलाई ट्वाइलेट जाने देखी खाने सम्मको सबै पानी किन्नुपर्ने । त्यसमाथी ट्वाईलेट त हप्ताको एक दिन शनिबार मात्र सफा हुने कारण त्यस दिन सबैले नुहाई धुवाई गर्ने दिन । ट्वाईलेट गयो कि नाक फुट्ने गरी गन्ध आउने तर घरभेटी अंकल, अन्टी तथा त्यस परिवारका भाइ, वहिनी त साह्रै मिल्ने पारिवार , ताकि पारिवारीक समिप्यताको खाजै अभाव भएन । करीव ६ महिना पछि घरभेटीले घर बेच्नुभयो तव फेरी अर्को समस्या । जाँच नजिकीएको छ कोठा कही कतै पाईदैन । चिने जाने जतिकोलाई र कहिल्यै एक कल फोन नगर्ने मानिस जो जसको फोन नं. मोवाईलमा थियो सबैलाई फोन गर्दा करिव एक हजार–बाह्र सय जति ब्यालेन्स सकियो । साथि तिलक, शिवहरी, रिम लगायतले लगातार कोठा खोज्यौं अहँ कहि कतै पाईएन । सँगैको रुममा बस्ने गुल्मीका साथीहरु अर्जुन, सुमनहरुलाई पनि कोठा चाँहिएको । उनीहरुलाई दुई कोठा तर हामीलाई एउटा मात्रै । कोठा खोज्दा एउटा वा दुई वा फ्ल्याट जस्तो पाइन्छ त्यस्तै खोज्दै गयौ तर अहँ कही कतै पाइएन ।

नेपाल बन्दको दिन प¥यो कोठा खोज्न समय पनि मिल्यो । साथी रिमलाई पनि कोठा चाहिएको त्यो बसेको घरमा घरभेटीले आज छाड कि भोली छाड बनाइराखेका । म, तिलक र रिम भएर कोठा खोज्न हिडेका थियौं । साथी नारायण गैरेको पसल थियो बुद्धनगरमा, अनि त्यही आउने एउटा जड्याहाको घर रहेछ कता कताबाट थाहा पाएर उसैसँग कुरा गरिदिएका रहेछन् । विहान देखी साँझ सम्म त्यही जड्याहाको पछि लाग्यौं आफ्नो घरमा मरी गए लग्दैन खाली अरु अरु घरहरुको कोठा मात्र सोधिदिन्छ । हद्दु भयौ , बल्ल तल्ल साँझ ४ बजेतीर आफ्नी बुढीको नम्बर दिए र बुढीलाई भेट्न जाँदा त कोठा नै छैन भनेर हकार्न थालिन हाम्रो पालो टाँप कस्यौ । हुन त त्यो घरमा कोठा थियो तर खै के कारणले हो हामीले त्यहाँ कोठा पाएनौं । त्यस दिन पनि कोठा पाईएन । दिनभर सिकारको लागि जङ्गल चाहेर साँझ रित्तै हात फर्केको सिकारी जस्तै निरास भई कोठातीर लाग्यौ । त्यस्तै क्रममा फेरी नारायणले नै कोठा हेर्न बोलाए बुद्धनगर मै । अनि खुसी भएर म र तिलक साँझको ट्युसन क्लास सकाएर बानेश्वरबाट बुद्धनगर गयौं । मनमा केही आशाको त्यान्द्रो पलायो कि कोठा पाइने भयो । अनि , नारायण र तिलक भई नारायणले कुरा गरिदिएको घरभेटीको घरमा त पुगेका के थियौं, त्यी घरभेटीले अब हात र मुखसँगै चलाउन लागे हातले घुच्चाएका छन्, मुखले कराउन लागेः पानी बढि प्रयोग गर्न पाइदैन, भाडा प्रत्येक महिनाको १ गते दिनुपर्छ, एक जना पनि साथी ल्याउन पाइदैन, चप्पल गल्लीमा राख्न पाइदैन, अरुसँग गफ गर्न पाइदैन, ८ बजे गेट बन्द हुन्छ, चु गरेको आवाज पनि मैले सुने भने निकाल्दिन्छु, ........................................... भाँडा चाही महिनाको ३०००÷– अनि फोहोरको ५०÷–, पानीको २००÷–, ................ लौ मेरो आज यो टोलको मिटिङ्गमा जानु छ चित्त बुझेमा भोली विहान आएर मलाई भेट्ने होइन भने ........ ।
ए प्रभु, मेरो बल्ल बल्ल ७ः३० मा ट्युसन क्लास सकिने कहाँबाट पुग्ने त आठ बजे कोठाभित्र । अनि पढ्न बसेका विद्यार्थीका साथी कोठामा आउन नपाउने रे, हामी हतार हतार निस्कीयौं र त्यस रात म तिलककोमा सबे । अर्को दिनको विहानै रुममा गएँ र कोठाको दौरानमा भौतारिरहें । संयोगवस महादेव मन्दिर नजिकै नै साथी परिचयद्धारा साथी प्रवेशमार्फत दुई कोठा खाली भेटीयो । प्रवेश पनि कोठा खोज्दै हिड्दा दुई कोठा खालि पाएको र आफू सर्ने तरखरमा । हामीहरुले त्यी कोठा गुल्मीका साथीहरुलाई मिलायौं र हामीलाई चाही त्यही प्रवेशले छाड्न लागेको कोठा हे¥यौ । घरभेटीका नियमका जानकारी त प्रत्येक घरमा त्यस्तै नै जुन पहिले नै बुद्धनगरका घरभेटी बाले भनेका थिए । अब के गर्नु घर अर्कैले किनिसकेको डेडलाइन सकिसकेको जस्तो भए पनि बस्नै पर्ने । त्यही कोठामै बस्ने निधो ग¥यौ र साथीहरुको सहयोगले सामान सारेर मिलायौं र बस्न लाग्यौं ।

यस पछिको कहानी पनि बाँकी नै छ पछि पोष्ट गरौंला ल ......................


1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।