Nov 9, 2012

जय नेपाली ब्लग


साथीहरु मैले धेरै दिन भयो ब्लगमा मेरो भावना र दैनिक जीवनको भोगाईका रमाईला, तिता, सत्य एवं सुखद्–दुःखद् क्षणहरुलाई पोष्ट नगरेको । मैले ब्लगप्रति इच्छा कम भएर निरन्तरता दिन नसकेको भने अवस्य होईन न त पोष्ट गर्ने कुराहरु नभएर नै ।
नेपाली ब्लगरहरुको भेटघाट कार्यक्रम पनि भएछ । मलाई पनि साथीहरुले सूचना पठाउनुभएको रहेछ तर विडम्बना भनौ म काठमाण्डौंमा भएर पनि उक्त कार्यक्रममा उपस्थित हुन पाईन । अझैं नेपली ब्लगरहरुको भेलाको सूचना त दुर्भाग्यले भनौं भेला सकिएको अर्को दिन मात्र ईमेल पढ्न पाएँपछि मात्र जानकारी पाएँ । नेपाली ब्लगर साथीहरुसँग प्रत्यक्ष भेट्ने अवसर यो वर्ष पनि गुम्यो । अनि असारको महिनामा हाम्रा देशका कैंयौ कृषकहरुलाई धान रोपाईको चापाचाप जस्तै हामी ब्लगरहरुले पनि प्रशस्तै ब्लगहरु पोष्ट गर्नुपर्ने हो तर त्यो हुन भने सकेन । मेरो ब्लगस्पोट प्रतिको शून्यताको प्रतिक्रिया स्वरुप साथीहरुको असार महिनामा नेपाली ब्लगरहरु सबै खेतमा धान रोप्न व्यस्त हुन लागेजस्तो छ म पनि खेतमा रोपाई मै व्यस्त छु जस्ता प्रतिक्रियाले ब्लगमा आफ्ना भावनाहरु प्रस्तुत गरौं गरौं जस्तो जोस अनि जागर त अवस्य पनि थपिदिनुभएको थियो । त्यसको लागि म नेपाली ब्लगर साथीहरुलाई धेरै धेरै धन्यवादका सम्पूर्ण शब्दहरु अर्पण गर्न चाहान्छु र हजुरहरुको अमूल्य सल्लाह र सुझावको सदा सर्वदा अपेक्षा समेत गर्दछु र अन्त्यमा समय र परिस्थितिले सम्भव भएसम्म म मेरो ब्लगमा पोष्टहरु राख्ने प्रयास गर्नेछु । ........ धन्यवाद । जय नेपाली ब्लग

No comments: