Jun 26, 2014

नेपाली कृषकको उत्पादनको भाऊँ खस्किदोः कारण

अहिलेको समयमा नेपाली कृषकले उत्पादन गरेको कृषी उपजको बजारभाउ खस्केको छ । नेपाली कृषकले बजारमा पु¥याउने फलफुल, तरकारी तथा अन्नको बजारभाऊ र लागतको लेखाजोखा गर्र्दा कृषकहरुको आय ब्रेक इभन प्वाइन्ट (विइपी) मा पुग्न पनि गाह्रो हुन्छ । यसको कारण के त? यसका केही कारणहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।   


१. भारताबाट आयात 
अर्थशास्त्रमा मूल्य निर्धारण गर्ने तत्वहरु मध्ये आपूर्तीलाई एउटा प्रमुख तत्व मानिन्छ । जहाँ माग भन्दा आपूर्ती बढी हुन्छ त्यहाँ आपूर्तीकर्ताले आफ्नो बस्तुलाई बेच्नको लागि मूल्य घटाउन थाल्दछन् र बजारमा बस्तुको मूल्य स्वतः घट्न पुग्दछ । अहिलेको फलफुल तथा तरकारी बजारमा भारतबाट आयातित कृषी बस्तुको मात्रा उच्च रहेको छ । भारतबाट आयातीत बस्तुको मूल्य पनि नेपाली उत्पादतीत कृषी बस्तुको भन्दा झन्डैं एक तिहाईमात्र रहेको छ । यस्तो अवस्थामा भारतीय बस्तुका हाली मुहाली छ, उक्त बस्तुसँग नेपाली उत्पादनले प्रतिश्पर्धा गर्नु परेकोले तरकारीको बजार मूल्य कम हुन पुगेको हो ।

२. गुणस्तर
बजारमा मूल्य सस्तो हुँदैमा वस्तुको गुणस्तरीय प्रति वास्तै नगरी प्रयोग गर्नु हामीहरुलाई बानी परेको छ । गुणस्तर मापनको लागि हामीहरुसँग न त कुनै आधार छ, न त कुनै साधन नै, तसर्थ हामीहरुले सस्तो तरकारी पाउँदा पाउँदै महँगो तरकारी किन्ने गर्दैनौ । वजारमा भारतीय वस्तुमा गुणस्तरको अभाव रहेको ठ्याक्कै पत्ता लगाउन नसके पनि तरकारीको प्रकृति हेरेर पनि केही हदसम्म थाहा पाउन सकिन्छ । तरकारी आइलाएको, १ दिनमै नसकिए कुहिने अवस्था भएको, नेपाली वस्तुको दाजोमा कैयौं गुणा कमसल रहेको पाइन्छ । जुन वस्तुसँग नेपाली फ्रेस वस्तुले प्रतिस्थापन गर्न सक्दैन, कारण हामीहरुले गुणस्तरलाई भन्दा पनि मूल्यलाई बढी ग्राहयता दिन्छौं । जुन स्वभाविक पनि हो । 

३. प्रविधि
नेपालको विकासको लागि कृषिको विकास गर्नु नितान्त जरुरी छ । हाम्रो देशका व्यवसायिक कृषकहरुले पनि अत्याधुनिक प्रविधिको अवलम्वन गर्न नसकेको अवस्था छ । सिँचाई, मल, विषादी आदिको प्रयोगमा जनशक्ति नै प्रयोग भएको र यसबाट उत्पादन लागत बढ्ने गरेको छ । 

४. प्राविधिक सुविधाः
नेपालका अधिकांश कृषी उत्पादकहरुका आफ्नै प्राविधिकहरु नरहेको अवस्था छ । तरकारीमा कुनै रोग लागेमा औषधि पसलमा गई औषधि किनेर प्रयोग गर्ने प्रचलन व्याप्त छ जसबाट रोग पहिचान उचित किसिमबाट हुन नसक्नु, फरक औषधि प्रयोग हुनु र रोग निदान नहुनु जस्ता समस्याले एकातिर लागत बढाइरहेको छ भने अर्कोतिर उचित उत्पादन नभएको देखिन्छ ।

५. विचौलियाको हाली मूहालीः
नेपालका कृषकलाई उत्पादन भएको कृषि उपज बजारीकरण गर्नु पनि एक चुनौतिको रुपमा देखिन्छ । जब वस्तु उत्पादन हुन्छ, बजारमा थोक तथा खुद्रा बिक्रेतासँगको सिधैं पहुँच नहुनु,उत्पादक र उपभोक्ता बिचमा विभिन्न विचौलियाको एकलौटि प्रभुत्व जम्नु एउटा विकराल समस्या हो । जहाँ कृषकले बस्तु उत्पादन गर्दछ, कृषकबाट मध्यस्तकर्ताले खरिद गर्दछ, मध्यस्तकर्ताले थोक विक्रेता, थोक विक्रेताले खुद्रा विक्रेता र खुद्रा विक्रेता मार्फत उपभोक्ताले बस्तु खरिद गर्ने गर्दछन् । जहाँ कृषकबाट बिक्री भएको कुनै तरकारीको मूल्य रु. १५ छ भने, उपभोक्ताले कम्तीमा पनि रु. ४५ मा प्रयोग गर्नुपरेको छ । कृषकको लगानी रु. १५ भन्दा बढी हुन्छ, बिचौलियाले बिना लगानी रु. ३० नाफा आर्जन गरिरहेका छन् भने उपभोक्ताले महँगो रकम खर्चेर तरकारी किन्नु पर्ने बाध्यता छ । यसरी उत्पादक र उपभोक्ताले आर्थिक नोक्सानी व्यहोर्नु परेको सहजै अनुमान लगाउन सकिन्छ । 

६. लगानीको अभावः
कृष क्षेत्रमा अन्य व्यवसायहरुमा जस्तो लागिका लागि  सहजै ऋण प्राप्त गर्न सक्दैनन । जबसम्म कृषी क्षेत्रमा लगानीको मात्रालाई बढाउन सकिदैन तवसम्म नेपालमा कृषी क्षेत्रको विकास असभ्भव छ, कम लगानीले कम मात्रामा उत्पादन हुन्छ, अहिलेको परिप्रेक्ष्यमा कम लगानीले सञ्चालन भएका फार्महरुको संख्या बढी छ, कम लगानीबाट सञ्चालन हुने फार्मको लागन बढी हुन्छ, फलस्वरुपः बस्तु महँगो हुन्छ । बस्तु महँगो हुँदा भारतबाट आयातित वस्तुले नेपाली बस्तुलाई प्रतिस्थापन गरेको पाइन्छ । 

७. कृषकप्रति हेर्ने नकरात्मक दृष्टिकोणः
नेपाली समाजमा अधिकांश व्यक्तिहरुले कृषकलाई नकरात्मक दृष्टिले हेर्ने गरेको पाइन्छ । नेपालका अधिकांश गाऊँहरुमा वैदेशिक रोजगारको लागि ऋण लिन सहज हुन्छ तर कृषी क्षेत्रमा लगानी गर्छु भनी लगानी जुटाउन फलामको च्यूरा चापए भन्दा कम हुँदैन, जसबाट नेपाली यूवा विदेशीन तयार हुन्छन् तर कृषि पेशामा संलग्न हुन सक्दैनन् । जसको कारण कृषि फार्महरुमा कामदारको अभाव हुन्छ र लागत पनि बढ्न जान्छ । 

2 comments:

syco said...

ani aba solution pani lekhedinus na jasle garda agriculture sector ramro hoss

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।